

बौंदीकालीका सबै छात्राहरुलाई विद्यालयमै निःशुल्क स्यानिटरी प्याड

डेढगाउँ । पूर्वी नवलपरासी (नवलपुर) को बौंदीकाली गाउँपालिकाले गाउँपालिकाभित्रका सबै छात्राहरुलाई स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई महिनावारीका समयमा निःशुल्क रुपमा विद्यालयमै उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाका ६ वटै वडाका सामूदायिक विद्यालयहरुमा स्याटिरी प्याड निःशुल्क रुपमा उपलब्ध गराई छात्राहरुको स्वास्थ्यका साथै शिक्षामा सहयोग पु¥याउने उद्देश्यअनुरुप यस योजना अगाडि सारिएएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदीले बताए ।
सुवेदीले विद्यालय समयमा कुनै पनि छात्राहरुले शारिरीक समस्याका कारण पढाईमा बाधा नपुगोस् भनेर उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि बताए । उनले यथाशीघ्र उपलब्ध गराउने योजनाअनुसार स्यानटिरीप प्याड खरिदका लागि टेण्डरसमेत निकालिसकेको बताए ।