

नवलपुरको दुर्गम क्षेत्रले पायो मन्त्री, पद्मा जिसी मन्त्री बन्दै

पोखरा । नवलपुरको दुर्गम क्षेत्रले पहिलोपटक मन्त्री पाएको छ । नवलपुरको क्षेत्र नं. २ को प्रदेश सभा क बाट निर्वाचित पद्मा जिसी मन्त्री बन्ने भएकी छिन् ।
नेकपा एमालेले गण्डकी सरकारमा जानका लागि जिसीसहित ४ जना मन्त्रीको टुंगो लगाएको छ ।
नामले सुगम जिल्ला भनेर भनिए पनि विकासको हिसाबले दुर्गम मानिएको नवलपुरको बौंदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकालगायतका क्षेत्र रहेको क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी जिसी नवलपुरको यो क्षेत्रबाट मन्त्री बन्ने पहिलो प्रतिनिधिसमेत हुन् ।
एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।
आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।