

मनाङे र सभामुखको समर्थनमा एमालेका अधिकारीले गरे मुख्यमन्त्री दाबी

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ ।
तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ ।
कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।