१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु

काठमाडाैं – मंसिर १६ गते औपचारिक उद्घाटन हुने तय भए पनि १०औं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आज (मंसिर ८) देखि नै सुरु हुँदैछन्।

प्राविधिक समितिको तालिकाअनुसार आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ खेल सुरु हुनेछन्।

कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुनेछन्। यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछन्। कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै खेल तय छैनन्।

वीरेन्द्रनगरमा तयारी पूरा भइसकेको छ र विभिन्न प्रदेशका खेलाडीहरू पुगिसकेका छन्। मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार वीरेन्द्रनगर रंगशाला हस्तान्तरण तथा उद्घाटन गरिसकेका छन्। उद्घाटन र समापन: प्रतियोगिताको उद्घाटन मंसिर १६ र समापन मंसिर २७ गते सुर्खेतकै रंगशालामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *