कुशल मल्लको चितवनविरुद्ध फिल्डिङ गर्दै सन्दीपको विराटनगर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को आज (बुधबार)को खेलमा विराटनगर किंग्सले पहिले फिल्डिङ गर्ने भएको छ ।
विराटनगरले चितवन राइनोजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध बिराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतियोगितामा विराटनगरले हालसम्म खेलेका तीनवटै खेलमा जित हात पारेको छ भने चितवनले खेलेका २ खेलमध्ये १ मा जित र १ मा हार ब्यहोरेको छ ।
