पत्रकार विनोद ढकाललाई सफाइ

सुनसरी । पत्रकार विनोद ढकालले सफाइ पाएका छन्।

जिल्ला अदालत सुनसरीले ढकालविरुद्ध दायर भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूर मुद्दामा लगाइएको अभियोग दाबी नपुग्दै भन्दै सफाइ दिने फैसला सुनाएको हो।

काशीनाथ दंगालले पत्रकार ढकालविरुद्ध जिल्ला अदालत सुनसरीमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश इन्दिरा कार्कीको एकल इजलासले ढकाललाई माथि लगाइएको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

अदालतको यो फैसलासँगै लामो समयदेखि विचाराधीन रहेको उक्त मुद्दामा पत्रकार ढकालले कानुनी उन्मुक्ति पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *