

बालिका बलात्कारको आरोपमा फरार ऋषिङका प्रधानाध्यापक थापा पक्राउ

तनहुँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो ।
गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।