सशस्त्रको मुक्तिनाथ बाहिनी मुख्यालयको स्थापना दिवस मनाइयो



पोखरा । सशस्त्र प्रहरी बल, नेपाल नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) ले २३ ओै स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।

प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई,  पूर्वबाहिनीपति एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा, नेपाल प्रहरीका डिआईजी दुर्गा सिंह, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, र कुल बहादुर नेम्वाङ , प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका अधिकृतहरु, समाजसेवी आनन्द राज मुल्मी, नरेश भट्टराई लगायत, वीरगति प्राप्त राष्ट्र सेवकका परिवारजन, पूर्व सशस्त्र प्रहरीहरु, बाहिनी अन्तर्गतका गणपति तथा गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्तिम क्षणमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्र पाण्डे पनि उपस्थित भएका थिए ।

साथै कार्यक्रममा कार्यक्रममा कर्तब्यको सिलसिलामा वीरगति प्राप्त गर्ने परिवारजन, घाइते राष्ट्र सेवकहरलाई सम्मान गरिएको थियो । यसको साथै नवनिर्मित धवलागिरी बहुउद्देश्यीय हल लगायत अरु निर्माण भएका भवनहरुको समेत उद्घाटन सम्पन्न भएको थियोे ।

सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् । गणपति शर्मालाई गण्डकी प्रदेशकै उत्कृष्ट गण तथा गणपतिको अवार्ड दिएका हुन् ।

सो अवसरमा उनीसहित दश जना सशस्त्र प्रहरी अधिकृत, जवान र अन्य विविध विधामा पुरस्कृत तथा सम्मानित भएका थिए ।

साथै स्थापना दिवसकै अवसरमा रक्तदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो ।