सशस्त्र प्रहरी हवल्दार कुर्मीको सडक दुर्घटनामा मृत्यु

पर्सा । पर्सामा सशस्त्र प्रहरी हवल्दारको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पर्सागढी नगरपालिकास्थित सशस्त्र प्रहरी बलको बाग्श्वरी तित्रौना क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार सुनिल कुर्मीको सडक दुर्घटनामा परि मृत्यु भएको छ।

जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं.४, लहावरथकरी निवासी ३५ वर्षीय कुर्मी क्याम्पबाट घर फर्कने क्रममा दुर्घटनामा परेका कुर्मीलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *