सशस्त्र एसपीसहितको टोलीले गर्यो चुलु फार ईस्ट हिमालको सफल आरोहण
काठमाडौं । सशस्त्र प्रहरी उपरिक्षक (एसपी) सहितको टोलीले चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् ।
सशस्त्र एसपी टोप बहादुर डाँगी, सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)द्वय सुरज पौडेल, मनोज खड्का, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)द्वय निर्मल बस्नेत र रवि खकुरेल, सशस्त्र प्रहरी नायव निरीक्षक (सई) दन्त बहादुर छन्त्याल, सशस्त्र प्रहरी जवान कमल श्रेष्ठ गरी ७ जना सशस्त्र प्रहरी कर्मचारीहरु तथा कुशल आरोही मिङ तेम्बा शेर्पा र सुम्बा छिरिङ शेर्पा गरी जम्मा ९ जनाले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका हुन् ।
उनीहरुले असोज २५ गते विहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका थिए ।

