दुःखमा मेयर चौधरीको मल्हमः दिवगंत र गम्भीर घाइतेको परिवारलाई घरमै राहत हस्तान्तरण

लहान । जनताको दुःख सुखमा सधैं सँगै रहँदै आएका लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरपालिकाका वडा नं. २४ का विभिन्न ३ परिवारलाई राहत प्रदान गरेका छन् ।

मेयर चौधरीले लहान नगरपालिकाका दिवंगत र गम्भीर घाइतेको परिवारलाई भेटेर नगरपालिकाको तर्फबाट राहत प्रदान गरेका हुन् ।

मेयर चौधरीले २४ नम्बर वडाको खपानी टोलका दिवंगत रामनाथ पासमान र मानकी पासमानको परिवारलाई राहत प्रदान गरेका हुन् । मेयर चौधरीले उनीहरुको घरमै पुगेर मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट १/१ क्वीन्टल चामल, दाल, नुन र तेल सहयोग गरेका छन् । रामनाथ ९ वर्ष पहिले कतारमा दुर्घटना परेका थियो ।

त्यसैगरी मेयर चौधरीले दुर्घटनामा परेर गम्भीर घाइते भएका सोही वडाको मल्हनमा मुसहरी टोलका शिव सदायको घरपरिवारलाई पनि राहत हस्तान्तरण गरेका थिए । दुर्घटनामा परेर दुवै खुट्टा भाँचिएका शिवको परिवारलाई पनि मेयर चौधरीले घरमै पुगेर राहत हस्तान्तरण गरेका हुन् । चौधरीले सदायको परिवारलाई पनि १ क्वीन्टल चामल, दाल, नुन र तेल राहत स्वरुप प्रदान गरेका हुन् ।

May be an image of one or more people and text

मेयर चौधरी गत स्थानीय निर्वाचनमा निर्वाचित भएसँगै लहानबासीको हितका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

मुलुककै ठूलो नगरपालिका रहेको लहानका गरिब र दलितबस्तीहरुलाई मेयर चौधरीले पहिलो प्राथमिकता दिँदै आएका छन् ।

मेयर चौधरीले लागू लागेको पोषण कार्यक्रम लहानमा प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको छ ।

लहानका विभिन्न वडाहरुमा मेयर चौधरीले हरेक महिनाको २२ गते पोषण कार्यक्रमअन्तर्गत गर्भवती भएका महिला र सुत्केरी महिलाहरुलाई राहत प्रदान गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *