एनआरएनए अस्ट्रेलियाको सदस्यमा अनुप भण्डारीको उम्मेदवारी
मेलबर्न । लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका अनुप भण्डारीले गैरआवासीय नेपाली संघ (NRNA SCC) सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
यही २५ जुलाईका दिन हुने निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका भण्डारी विगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
पूर्वी नेपालको भोजपुरबाट काठमाडौं हुँदै अस्ट्रेलिया पुगेका भण्डारीले युवा अवस्थामा नै लामो अनुभव लिएका छन् । मेलबर्नमा बसोबास गर्दै आएका भण्डारीलाई यतिबेला अस्ट्रेलियाको गेमिङ बजारमा नेपाली प्रवेश गराउने श्रेय पनि दिन सकिन्छ । काम सुरु गर्नु अगाडी नै गेमिङको लाइसेन्स लिएर अगाडि बढेका भण्डारीले यतिबेला समाजसेवीका रुपमा छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
अस्ट्रेलिया जाने नेपालीहरुलाई काम खोजिदिने सवालमा भण्डारीको योगदान धेरै नेपालीहरुले भुल्न सकेका छैनन् । नेपालबाट मेलबर्न जानासाथ भण्डारीकै माध्यमबाट काम पाउने धेरै पुगिसकेका छन् । आफूले जानेको सिप सिकाउन र आफूले थाहा पाएका स्थानमा काममा लगाइदिँदै भण्डारीले सुरु गरेको समाजसेवाले पछिल्लो समय गैर आवासीय नेपाली संघसम्म पुग्ने प्रेरणा मिलेको बताउँछन् । परिवारबाटै सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलेको बताउने भण्डारीले अस्ट्रेलियामा नेपालीले पाएको दुःखमा साथ दिन कुनै बेला पनि पछि पर्दैनन् । उनले नेपालीले दुःख पाएको सुन्दा मध्यरातमै भए पनि गएर सहयोग गर्ने गरेको समेत बताए ।
अस्ट्रेलियामा समेत समाजसेवीको छवि बनाइसकेका भण्डारी पछिल्लो समय मातृभूमिमा पनि सामाजिक कार्यमा सहभागी हुँदै आएका छन् । उनले अहिले आर्थिक अभावका कारण विद्यालय जान नसकेका ३ बच्चाहरुको शिक्षा दिक्षाका लागि सहयोग गरिरहेका छन् । स्कूल छोड्नु पर्ने अवस्था आउन लागेको सुनसरी इटहरीकी एक छात्रा र सुन्दरहरैचा मोरंगका एक छात्र र एक छात्रा गरि तीन जनाको पढाई खर्च ब्यहोरी रहेका भण्डारीले आगामी दिनमा एनआरएनए अस्ट्रेलियामा पुगेर थप सहयोग गर्न सक्ने आशा समेत लिएका छन् । पछिल्लो समय अस्ट्रेलिया अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुले भोग्ने गरेका कठिनाईलाई समाधान गर्नका लागि आधिकारिक रुपमा नोबल करियर गुरु भन्ने एजुकेशन कन्सल्टेन्सीमा आबद्ध भएका भण्डारीले विद्यार्थीहरुलाई सही जानकारी दिनु आफ्नो दायित्व भएको बताएका छन् ।
विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीको पीडामा मल्हम लगाउने कार्यमा रातोदिन खटिँदै आएका भण्डारीले व्यक्तिगत तवरले भन्दा सार्वजनिक स्थानमै बसेर सेवा गर्न सकिने बुझ्दै एनआरएनएको आगामी कार्य समितिको एससीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् । आशा छ, अस्ट्रेलियामा रहेका आम नेपालीहरुले युवा अवस्थामै नेपाल र नेपालीका लागि योगदान पुर्याइरहेका भण्डारीलाई एससीसी सदस्यमा विजयी गराई थप जिम्मेवारी प्रदान गरुन् । जितको शुभकामना !

