

अस्ट्रेलिया गएकी दीक्षा पार्कमै झुन्डिएको अवस्थामा फेला

काठमाडाैं । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन् ।
आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा झापा मेचीनगर-४ धाइजनकी २७ वर्षीया दीक्षा शिवाकोटी मृत भेटिएकी हुन् । उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।
विवाहित दीक्षा वैशाखमा अस्ट्रेलिया पुगेको बताइएको छ । त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन् ।
उनका माइती पक्षले दीक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेकाे छैन । उनीहरूले आत्महत्या दुरूत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
माइती पक्षले अस्ट्रेलियाको पिआरधारी श्रीमानले उनलाई गलत बाटोबाट अस्ट्रेलिया लगेको र दीक्षासँग दोस्रो बिहे रहेको पनि खुलेको छ । त्यसकारण दीक्षाले पतिकै कारण गलत कदम उठाएको हुनसक्ने भन्दै परिवारले सत्य तथ्य र निष्पक्ष अनुसन्धानको माग गरेको छ ।