भारतीय अभिनेत्री मलाइका अरोराका बुवाले गरे आत्महत्या



काठमाडाैं । भारतीय अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराको निधन भएको छ । अनिलले छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । उनको परिवार र चिनजानका मानिसहरु स्तब्ध छन् ।

घटना आज बिहान ९ बजेको भएकाे हाे । अनिलले बान्द्रास्थित आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेका थिए । कारणहरू अझै थाहा भएकाे छैन। शव पोष्टमार्टमका लागि पठाइएको छ । मलाइकाका पूर्व पति अरबाज खान परिवारका साथ घटनास्थल पुगेका छन् ।

मलाइकाले बुबाको निधनको खबर पाएपछि उनी पुणेमा थिइन् । जानकारी पाएलगत्तै उनी तुरुन्तै मुम्बई प्रस्थान गरिन् ।

गत वर्ष अनिल अरोरालाई स्वास्थ्य समस्याका कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । मलाइका आमा जोयससँग अस्पतालमा देखिएकी थिइन् । तर, उनको उपचारको कारण भने खुल्न सकेको छैन ।