चितवन साहित्य परिषद्को बैठकले तीन प्रतिष्ठित साहित्यिक पुरस्कारको घोषणा
चितवन । चितवन साहित्य परिषद्को आज बसेको बैठकले विभिन्न विधाका साहित्यिक कृतिहरूलाई सम्मान गर्दै तीन प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
चिसाप प्रतिभा पुरस्कार — नगद राशि रु १५,०४५ सहित सम्मानपत्र बालकृष्ण थपलियालाई प्रदान गरिनेछ।
चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार — रु ५०,०४५ सहित सम्मानपत्र डा. श्रीधर खनाललाई उनकाे उपन्यास «सार्वणि» का लागि समर्पित गरिनेछ। चिसाप बामदेव लक्ष्मी खनाल साहित्य पुरस्कार — रु ३५,०४५ सहित सम्मानपत्र «पर्जन्य मास नियात्रा» सङ्ग्रहका लागि खगेन्द्र गिरि (काेपिला) लाई प्रदान गरिनेछ।
यी पुरस्कारहरू यही मिति २०८२ असार २८ गते, शनिबार चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा चिसाप भवनमा आयोजना हुने २१२ औँ भानु जयन्ती विशेष समारोहमा प्रदान गरिनेछ।
कार्यक्रम दिउँसो १:०० बजे सुरु हुने जानकारी आयोजकले दिएका छन् ।
चितवन साहित्य परिषद्ले लामो समयदेखि साहित्यिक सिर्जनाहरूलाई प्रोत्साहन र सम्मान गर्दै आएको छ। यसपटकका विजेताहरूलाई पुरस्कारका लागि चयन गर्दै परिषद्ले नेपाली साहित्यमा पुर्याएको योगदानलाई उच्च सम्मान गरेको छ।
