

सांगीतिक माहाैलमा कवि ज्ञवालीको एकल कवितावाचन

काठमाडौं । कवि प्रा.डा. रामप्रसाद ज्ञवालीले एकल सांगीतिक कविता वाचन सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित विशेष कार्यक्रमबीच कवि ज्ञवालीको एकल कविता वाचन कार्यक्रमको रुपमा दर्जन कविता वाचन गरी सम्पन्न भएको हो ।
कवितालाई संगीतसँग संयोजन गर्ने गरि सम्पन्न गरिएको कार्यक्रममा नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तिसहित कविताप्रेमीहरुको उपस्थिति रहेको थियो ।
‘अविरल जनसाहित्य यात्रा’ नाम दिइएको यो ९८ औं शृंखला भएको आयोजक राष्ट्रिय जनसाहित्यिक संघले जनाएको छ । उक्त कार्यक्रममा कवि ज्ञवालीलाई कविवर दिनेश पाण्डे र संगीतकार दामोदर अधिकारीले समेत वाचनमा साथ दिएका थिए ।
कवि ज्ञवालीको उज्यालो यात्रा नाम कविता हाल कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समेत समावेश गरिएको छ ।