

सशस्त्र इन्स्पेक्टर खनालको ‘मन सानो’ सार्वजनिक

काठमाडौं । गायक पृथ्वी खनालले ‘मन सानो’ बोलको गीत सार्वजनिक गरेका छन् । भ्वाइस अफ नेपाल सिजन—२ बाट चर्चा बटुलेका गायक खनालले फरक शैलीमा विभिन्न गीत मार्फत पहिचान बनाएका छन् ।
व्यावसायिक रुपमा सशस्त्र प्रहरी बलको इन्स्पेक्टर समेत रहेका खनालको ‘मन सानो’ बोलको गीतमा भ्वाइस अफ नेपाल सिजन ६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको पनि स्वर रहेको छ ।
यसपटक खनालको शब्द र संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको गीतमा उनलाई साथ दिएका छन् दृष्टिबिहीन प्रतिभा विकास थारुले ।
म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने रोश्नी कार्की र स्वयं पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् । गीत खनालकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।