सशस्त्र असईको लिखितको नतिजा निस्क्यो, ८२ जना चाहिएकोमा ३८ मात्र पास ! (रिजल्टसहित)
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरिक्षक (असई)को लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ ।
लोकसेवा आयोगले सशस्त्र असईका लागि लिएको लिखित परिक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
नतिजाअनुसार १३८९ जना परिक्षामा सहभागी भएकामा मागसंख्या भन्दा धेरै कम परिक्षार्थी उत्तीर्ण भएका छन् ।
खुलामा मात्र ४५ जनाको माग गरेको सशस्त्रको असई लिखित नतिजामा ३८ जनामात्र उत्तीर्ण भएका छन् ।
खुला र समावेशी गरी ८२ जनाको माग रहेकोमा ३८ जनामात्र उत्तीर्ण भएपछि अन्तर्वार्तामा उपस्थित हुनेजति सबै उत्तीर्ण हुने देखिएको छ ।


