‘बाध्यताले हो’ लिएर आउँदै चर्चित गायीकाद्वय अस्मिता र रेनुका
काठमाडौं । चर्चित लोक दोहोरी गायीकाद्वय अस्मिता डल्लाकोटी र रेनुका भट्टराईको नयाँ तीज गीत ‘बाध्यताले हो’ बोलको गीत सार्वजनिक हुँदैछ ।
अर्जुन सुवेदीको संगीत र शब्द रहेको गीतमा अस्मिता र रेनुकाको स्वर रहेको छ भने उक्त गीतमा अभिनय पनि यी दुई गायीकाको साथमा सञ्जीता बुलाखी र निरुता लुइटेलले पनि गरेका छन् ।
दुर्गा पौडेलले निर्देशन गरेको गीत रेनुका भट्टराईको अफिसियल युट्युव च्यानलबाट बुधबार बिहान साढे ८ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
