नेपालले दियो भुटानलाई विशाल लक्ष्य, रौनकले बनाए १६८ रन

काठमाडौं । यू–१६ इष्ट जोन कपमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ । नेपालले ५ विकेट गुमाउँदै ३५८ रन बनाउँदै उक्त लक्ष्य दिएको हो ।

नेपालका लागि रौनक श्रीवास्तवले शानदार १६८ रनको पारी खेले । उनले १३२ बलमा उक्त रन बनाएका थिए ।

त्यस्नै नेपालका लागि जोय थापाले ६१ रन बनाउँदा शिवांस बजगाईंले ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रन बनाएका थिए ।

भुटानका लागि सञ्जय दोर्जीले १० ओभरमा ७० रन दिएर ३ विकेट हात पारेका थिए । त्यस्तै तेन्जीन लोडे जामत्सोले १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *