

AIA स्कुलद्वारा अभिभावक अभिमूखीकरण कार्यक्रमको आयोजना

काठमाडौं । राजधानीको शंखमूलमा अवस्थित अवेयरनेस इन्टरनेशनल एकेडमी (एआईए) ले अभिभावक अभिमूखीकरण कार्यक्रम आयोजना गरेकोछ ।
नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीका अभिभावकलाई विद्यालयबारे जानकारी दिने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभिमूखीकरण कार्यक्रममा करिब ७० को हाराहारीमा अभिभावकहरुको सहभागीता रहेको थियो ।
अभिमूखीकरण कार्यक्रममा विद्यालयका बारेमा म्यानेजिङ डाइरेक्टर बिमल पौडेलले विद्यालयको आगामी योजना र अभिभावकको दायित्वको बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै एकेडेमिक डाइरेक्टर कृष्णप्रसाद गैरेले विद्यालयले अवलम्बन गर्ने शैक्षिक गतिविधिका बारेमा अभिभावकहरुलाई जानकारी गराएका थिए भने विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद अर्यालले विद्यार्थीको शैक्षिक उन्नती नै प्रमुख उद्देश्य रहेको जनाउँदै प्रविधिसँगैको सिकाईका लागि सदैव प्रतिबद्ध रहेको जनाएका थिए ।
साथै कार्यक्रममा विद्यालयमा सञ्चालनमा रहेको अतिरिक्त क्रियाकलापका बारेमा पनि प्रकाश पारिएको थियो ।
उक्त अवसरमा प्रधानाध्यापक अर्यालले यसपटक भएका नयाँ विद्यार्थीको भर्नासँगै आफूहरु उत्साहित भएको र अभिभावकहरुको अपेक्षालाई विद्यालयले विद्यार्थीको नतिजाबाट पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
उक्त अवसरमा प्रधानाध्यापक अर्यालले यसै विद्यालयका पूर्वविद्यार्थी र पूर्व शिक्षकहरुले पनि आप्mना बालबालिकालाई यसै विद्यालयमा भर्ना गर्नुलाई आफूहरुले सफलता हासिल गरेको महसुस गरेको बताएका थिए ।
साथै अभिभावकहरुले पनि यस विद्यालयको शैक्षिक वातावरण राम्रो रहेको सुनेको जनाउँदै र विशेष कारणबस अन्य स्कुलहरुमा सारेका अभिभावकले पनि पुनः यसै विद्यालयमा भर्ना गरेको जनाउँदै यहाँको वातावरण अत्यन्तै राम्रो रहेको जनाएका थिए ।