प्याब्सक अध्यक्षमा मिरा सिलवाल निर्वाचित

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक)काठमाडौंको अध्यक्षमा मिरा सिलवाल निर्वाचित भएकी छिन् ।

प्याब्सकको राजधानीमा सोमबार सम्पन्न छैटौँ महाधिवेशनबाट सिलवाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

यसअघि प्याब्सकको उपाध्यक्षको जिम्मेवारी पूरा गरेकी सिलवालले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई सर्वसम्वत निर्वाचित गराइदिने प्रति आभार व्यक्त गर्दै भन्छिन्, ‘सम्पूर्ण सररम्याडमहरू, विद्यालय सञ्चालकज्यूहरू, डाइरेक्टर, प्रिन्सिपल, भाइस प्रिन्सिपल तथा चेयरमेनज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

अधिवेशनपछि नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *