लहानको पोषण प्याकेजअन्तर्गत ६० गर्भवती तथा सुत्केरीलाई खाद्यान्न वितरण
लहान । लहान नगरपालिकाको पोषण प्याकेजअन्तर्गत लहान नगरपालिका—१ र २ का ६० जना गर्भवती र सुत्केरी महिलाहरुलाई नगरपालिकाको तर्फबाट मेयर महेश चौधरीले पोषण प्याकेज वितरण गरेका छन् ।
खाद्यान्न प्याकेजमा चामल, दाल, नुन, तेल, मटर र चना छ ।
मेयरमा निर्वाचित भएदेखि चौधरीले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।
हरेक महिनाको २२ गते फरक–फरक वडामा वितरण गर्दै आइरहेको छ ।
