रविदास समुदायलाई मेयर चौधरीको प्रतिबद्धता, ‘उपयुक्त मागलाई तत्काल सम्बोधन गरिनेछ’
लहान । सिराहाको लहान नगरपालिकाका राम समुदायहरुको हितका लागि छलफल सम्पन्न भएको छ ।
रविदास समाज लहानले लहान नगरपालिकाका मेयर महेश चौधरीको आतिथ्यतामा राम समुदायहरुको विभिन्न मागसहित आयोजना गरेको छलफल सम्पन्न भएको छ ।
छलफलका क्रममा मेयर चौधरीले समाजका उपयुक्त मागलाई तत्काल सम्बोधन गर्ने प्रक्रिया सुरु भईसकेको जनाउँदै क्रमबद्धरुपमा मागहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजले संस्थागत जग्गा व्यवस्थापन, त्यसमा सामुदायिक भवन बनाउन १० लाख बजेट विनियोजन, ४० वर्षमाथिका सबै राम समुदायलाई स्वास्थ बीमा, राम टोलमा ५ ठाउँमा ट्युशन कक्षा सञ्चालन गर्ने लगायतको विषयमा छलफल आयोजना गरेको थियो ।
उक्त अवसरमा मेयर चौधरीले लहान नगरपालिकाकाले नगरभित्रका हरेक जनताको समस्या नगरपालिकाको तहबाट पूरा गर्न सकिने भए नगरपालिकाले गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने जनाए ।
