यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
उनको अनुसार नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए ।
निर्णयहरूः


