इन्स्पेक्टर प्रतिक बने जिल्लाकै उत्कृष्ट प्रहरी
चितवन । प्रहरी निरिक्षक (इन्स्पेक्टर) प्रतिक सिंह चितवन जिल्लाकै उत्कृष्ट प्रहरी बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले २०८२ साउन महिनाका लागि इन्स्पेक्टर सिंहलाई जिल्लाकै उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको हो । इलाका प्रहरी कार्यालय मुग्लिङ दरबन्दी भएका इन्स्पेक्टर सिंहले विभिन्न अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्नुका साथै मुग्लिङ–नारायणगढ सडक खण्डमा हुने गरेका अवरोधहरु हटाउनका लागि उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्लाले सम्मान गरेको हो ।
उनले सडक अवरुद्ध भएका बेला आफैं खटिएर बिरामीहरुको उद्धार गर्नुका साथै अवरुद्ध सडक खुलाउनका लागि आवश्यक पहलका साथै समन्वय पनि गरेकोमा जिल्ला प्रहरी कार्यालयले पुलिस अफ द मन्थ घोषित गरेको हो ।
