इन्स्पेक्टर गुरुङको कुकर्मः डिभोर्स भएकी श्रीमतीलाई बनाए मरणासन्न, लाग्यो ज्यान मुद्दा !

काठमाडौं । प्रहरी इन्स्पेक्टर दिनेश गुरुङले आफ्नी पूर्वपत्नीलाई निर्घात कुटपिट गरेको तथ्य बाहिर आएको छ।

रुकुम पश्चिम घर भई हाल नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले गत शुक्रबार राति ललितपुर इमाडोलस्थित पूर्वपत्नी शुभद्रा दाहालको डेरामा पुगेर उनीमाथि बलात्कार प्रयासपछि कुटपिट गरेको आरोप लागेको छ।

शुभद्राले आफ्नो निधारबाट रगत बगिरहेको अवस्थामा सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै सहयोग मागेकी थिइन्।

उनको भनाइअनुसार, सानी छोरी पुर्याउने बहानामा राति ८ बजेर २२ मिनेटमा डेरा आएका दिनेशले जबरजस्ती गर्न खोजेका थिए। ठूली छोरीले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेपछि मात्रै आफू बच्न सकेको उनले बताएकी छिन्। प्रहरी आएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।

शुभद्राले ललितपुर जिल्ला प्रहरी परिसरमा दिनेशविरुद्ध बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी दिएकी छन्।

परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार दिनेश गुरुङ स्वयं प्रहरीमा उपस्थित भएका थिए। अदालतबाट पाँच दिनको म्याद थप गरी बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *