श्रेष्ठको अध्यक्षतामा बुङ्दी–काली समाजको नयाँ कार्यसमिति निर्वाचित



बौंदीकाली । नवलपरासी बुङ्दी–काली समाजको आठौं अधिवेशन एवं १६ औं साधारणसभा सम्पन्न भएको छ । राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच अधिवेशनबाट नयाँ कार्यसमितिको समेत चयन गरिएको छ ।

आगामी २ वर्षका लागि भेषराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

समाजको उपाध्यक्ष शान्ति भट्टराई, सचिवमा कृष्ण दास, सहसचिव रेशमराज गदाल, कोषाध्यक्षमा चुडामणि नेपाल र सदस्यहरुमा मञ्जु घिमिरे, पुजन श्रेष्ठ, लोकी माया पाटा, लक्ष्मी श्रेष्ठ कुँवर निर्वाचित भएका हुन् ।

May be an image of 9 people, people standing, people sitting, outdoors and tree

कार्यक्रममा समाजका बरिष्ठ व्यक्तित्वका साथै विभिन्न समाजसेवीहरुलाई सम्मानपत्रसहित सम्मानित गरिएको समाजका बरिष्ट व्यक्तित्व एवं संस्थापक सुदर्शन श्रेष्ठले जनाए ।

कार्यक्रममा बौंदीकाली गाउँपालिकाबाट राजधानी आई बसोबास गर्नेहरुको उपस्थिति रहेको थियो भने गत वैशाख ३१ र मंसिर ४ मा सम्पन्न स्थानीय तह र प्रतिनिधिसभा एवं प्रदेश सभालगायत निर्वाचित प्रतिनिधिहरुलाई सम्मानित गरिएको थियो । त्यसका साथै पूर्व प्रदेशसभा सदस्यलाई पनि सम्मानित गरिएको थियो ।

२०६४ सालमा हालको बौंदीकाली गाउँपालिका एवं तत्कालिन रकुवा, डेढगाउँ, रुचाङ, मिथुकरम र नरम गाविसभित्रबाट अध्ययन एवं व्यापार व्यवसाय तथा रोजगारीका लागि राजधानी आई बसोबास गर्नेहरुको सक्रियतामा नवलपरासी बुङ्दीकाली समाज गठन गरिएको थियो ।

May be an image of 6 people, people standing, tree and outdoors