

अछाम र काभ्रेमा एकाबिहानै भूकम्पको धक्का महसुस
अछाम केन्द्रबिन्दु भइ ४.४ र काभ्रेमा ४.३ को भूकम्प गयो

अछाम । अछाम र काभ्रेमा एकाबिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्प ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
यसअघि आजै बिहान नमोबुद्ध नगरपालिका वडा नं. १ सिमलचौर श्यामपाटी केन्द्रविन्दु भएर बिहान ८ बजेर ३ मिेनेट जाँदा ४.३ म्याग्निच्यूटको भूकम्प गएको जनाइएको छ ।
भूकम्पको धक्का महसुस भएको श्यामपाटीका ऋषि पाण्डेले जनाए । उनले भने, ‘म चिया खाएर बसिरहँदा आवाजसहितको भूकम्प आयो, आखिर यहीँ पो रहेछ केन्दबिन्दु ।’ भूकम्पबाट खासै क्षति नभएको पनि उनले जनाएका छन् ।