पन्तको अध्यक्षतामा नेपाल फार्मास्युटिकल्स एशोसियसनको नयाँ कार्यसमिति, कसले कति मत ल्याए ? (मतसहित)



काठमाडौं । नेपाल फार्मास्युटिकल एशोसियसनको शनिवार काठमाडौमा भएको निर्वाचनले ललितमोहन पन्तको अध्यक्षतामा १३ सदस्यीय २३ औं नयाँ कार्यसमिति निर्वाचित गरेको छ । पन्त ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरि दुई खुला उपाध्यक्षमा अमृत गौरौ र देवानन्द शाह बिजयी भएका छन् । उपाध्यक्ष महिलामा संजिता विष्ट बिजयी भएकी छन् भने महासचिवमा संजिव शर्मा कट्टेल निर्वाचित भएका छन् ।

सचिवमा दुई जनामा विवेक श्रेष्ठ र केदार प्रसाद शाह निर्वाचित भएका छन् । कोषाध्यक्षमा गोपिना राई, सह कोषाध्यक्षमा निर्मलराज मरासैनी विजय भएका छन भने प्रचार सविचवमा अनिस श्रेष्ठ, खुला सदस्यमा सृष्टी प्रजापती र मनोज भट्टराई, महिला खुला सदस्यमा सौभाग्य डंगोल निर्वाचित भएका छन् । करिब १८ सय मतदाता संख्या रहेको उक्त संस्थाको निर्वाचनमा भने जम्मा ९९० मत खसेको थियो । फार्मास्युटिकल एशोसियसन  फार्मेसिष्टहरुको विशुद्व व्यवसायिक संस्थाका रुपमा रहेको छ ।

निर्वाचनले एक अध्यक्ष, एक महिला उपाध्यक्ष, दुई खुला उपाध्यक्ष, एक महासचिव, सचिवमा दुई र कोषाध्यक्षमा एक, सहकोषाध्यक्ष एक, प्रचार सचिव एक र खुला सदस्य दुई र खुला महिला सदस्य एक गरि तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

देशभरका फार्मेसिष्टहरुको छाता संस्थाका रुपमा रहेको नेपाल फार्मास्युटिकल एशोसियसनले फार्मेसिष्टको हक हितकालागि विभिन्न समयमा तालिम, गोष्ठी तथा  सभा सम्मेलन गर्दै नीतिगत बहसपैरवीका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । प्रत्येक तीन वर्षमा हुनुपर्ने चुनाब कोभिड १९ लगायत विविध कारणले रोकिदै ६ वर्षपछि भएको हो ।