नवलपुरमा बजेटः कुन स्थानीय तहले कति पाए ?

कावासोतीले जिल्लामै सबैभन्दा धेरै पाउँदा बौंदीकालीको जम्मा २५ करोड बजेट

कावासोती । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अर्थमन्त्री शर्माले घोषणा गरेसँगै अब स्थानीय तहहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन ।

सरकारले पूर्वी नवलपुरका ८ स्थानीय तहमा गरेर जम्मा ३ अर्ब २९ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यो मध्ये सबैभन्दा धेरै सदरमुकाम समेत रहेको कावासोती नगरपालिका र सबैभन्दा कम बौंदीकाली गाउँपालिकामा विनियोजन गरेको छ ।

नवलपुरको कावासोती नगरपालिकामा सबैभन्दा ५९ करोड ७९ लाख बजेट छुट्याइएको छ भने सबैभन्दा कम बौदीकाली गाउँपालिकामा २५ करोड ६१ लाख बजेट छुट्याइएको छ ।

कावासोती नगरपालिका

कावासोती नगरपालिकाकालागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १८ करोड १५ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ६४ लाख गरि जम्मा ५९ करोड ७९ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ५० करोड ७ लाख र पुजीगत खर्च तर्फ ९ करोड ७२ लाख रहेको छ ।

गैडाकोट नगरपालिका

गैडाकोट नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १७ करोड ६१ लाख, ससर्त अनुदान तर्फ ३१ करोड ३१ लाख, विशेष अनुदान तर्फ १ करोड २५ लाख र समपुरक अनुदान तर्फ १ करोड ४० लाख गरि जम्मा ५१ करोड ४४ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ४६ करोड ३१ लाख र पुजीगत खर्च तर्फ ५ करोड १३ लाख रहेको छ ।

मध्यविन्दु नगरपालिका

मध्यविन्दु नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १६ करोड २० लाख, ससर्त अनुदान तर्फ २९ करोड ३७ लाख, विशेष अनुदान तर्फ १ करोड ८७ लाख र समपुरक अनुदान तर्फ २ करोड ३ लाख गरि जम्मा ४९ करोड ४७ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ४३ करोड ४० लाख र पुजीगत खर्च तर्फ ६ करोड ७ लाख रहेको छ ।

देवचुली नगरपालिका

देवचुली नगरपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १४ करोड ४२ लाख, ससर्त अनुदान तर्फ २७ करोड ९८ लाख, विशेष अनुदान तर्फ ८३ लाख र समपुरक अनुदान तर्फ ६९ लाख गरि जम्मा ४३ करोड ९२ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ३९ करोड ३३ लाख र पुजीगत खर्च तर्फ ४ करोड ५९ लाख रहेको छ ।

विनयीत्रिवेणी गाउँपालिका

विनयीत्रिवेणी गाउँपालिकाका लागीे बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १२ करोड ५७ लाख, ससर्त अनुदान तर्फ २२ करोड ८६ लाख गरि जम्मा ३५ करोड ४३ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ ३२ करोड ९२ लाख र पुजीगत खर्च तर्फ २ करोड ५१ लाख रहेको छ ।

हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ १० करोड ४४ लाख, ससर्त अनुदान तर्फ १७ करोड ७९ लाख, विशेष अनुदान तर्फ २ करोड २४ लाख र समपुरक अनुदान तर्फ २ करोड ८ लाख गरि जम्मा ३२ करोड ५५ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २६ करोड ८७ लाख र पुजीगत खर्च तर्फ ५ करोड ६८ लाख रहेको छ ।

बुलिङटार गाउँपालिका

बुलिङटार गाउँपालिकाका लागी छुट्टयाइएको बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड ८६ लाख, ससर्त अनुदान तर्फ २० करोड ३४ लाख, विशेष अनुदान तर्फ २ करोड ८ लाख गरि जम्मा ३१ करोड २८ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २८ करोड ९१ लाख र पुजीगत खर्च तर्फ २ करोड ३७ लाख रहेको छ ।

बौदीकाली गाउँपालिका

बौदीकाली गाउँपालिकाका लागीे बजेटमा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि समानिकरण अनुदान तर्फ ८ करोड २४ लाख, ससर्त अनुदान तर्फ १७ करोड ३७ लाख गरि जम्मा २५ करोड ६१ लाख छुट्टाएको छ । जस मध्ये चालु खर्च तर्फ २३ करोड ८१ लाख र पुजीगत खर्च तर्फ १ करोड ८० लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *