

लहानमा ‘नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न

लहान । मुलुककै ठूलो नगरपालिका लहान नगरपालिकाले विद्यार्थीसँग नगरप्रमुख नाम कार्यक्रम सम्पन्न गरेको छ । लहान सिटी जेसिजको आयोजना र नगरपालिकाको सहकार्यमा लहान नगरपालिका—१९ स्थित जनता मावि सोनमति गाढामा विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम सम्पन्न भएका हुन् ।
कार्यक्रममा विद्यार्थीहरुले विद्यालयका समस्याहरु उठान गरेका थिए । नगरप्रमुख महेश चौधरीले विद्यार्थीहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । नगरप्रमुख चौधरीले विद्यालयका अधुरो कम्पाउण्ड वाल निर्माण पूरा गर्ने जनाएका छन् । गत आवमा यस विद्यालयमा ६० लाखमा ४ कोठे भवन र २५ लाखमा वाल निर्माण भएका थिए । त्यसमा चालू आवमा ९ लाख वालको लागि बजेट विनियोजन गरिएको मेयर चौधरीले जानकारी गराए । अंग्रेजी माध्यम पठन पाठन सुरु गर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
कार्यक्रममा प्रअ अरविन्द दास, जेसि राकेश झा, शंकर गुप्ता, जेसिज लहान अध्यक्ष उमेश यादवलगायतको उपस्थिति थियो ।