

प्रहरीको ‘भ्याकेट’सम्बन्धी मुद्दाको छलफल भोली हुने सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं । नेपाल प्रहरीको भ्याकेटसम्बन्धी मुद्दामा सर्वोच्चले छलफलका लागि मिति तोकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुुवेदी र विनोद शर्माको इजलासले मुद्दाको प्रकृति र गाम्भीर्यतालाई मध्यनजर गर्दै अदालतले भोली (शुक्रबार)का लागि पेसी तोकेको छ ।
एसएसपी जीवन श्रेष्ठसहितका प्रहरी अधिकृतहरुले दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरि फुँयालले दिएको आदेशको विरुद्धमा सरकार भ्याकेटमा गएको थियो ।
महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटमा गएको गृहमन्त्रालयले उक्त फैसलाको खारेजको माग गर्दै भ्याकेटमा गएको हो ।
आदेशसहितः