

मेयर चौधरीद्वारा सामूदायिक विद्यालयका छात्राका लागि ३२ हजार प्याकेट सेनेटरी प्याड हस्तान्तरण

लहान । सिराहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश चौधरीले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड हस्तान्तरण गरेका छन् ।
लहानमा आयोजित एक कार्यक्रमबीच मेयर चौधरीले ३२००० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् ।
समग्र लहानको विकासका लागि लागि परेका मेयर चौधरीले लहानको विकासका लागि शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।