

मेयर चौधरीद्वारा विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण

लहान । सिराहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश चौधरीले एक विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेका छन् ।
मेयर चौधरीले लहान नगरपालिका–१५ स्थित सगरमाथा माविमा ४३ थान बेन्च–डेस्क हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा वडााध्यक्ष तेजनारायण चौधरी, बद्रीनारायण चौधरी र मनोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।
समग्र लहानको विकासका लागि लागि परेका मेयर चौधरीले लहानको विकासका लागि शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।