

सशस्त्रले माग्यो कोहलपुरका लागि प्रिन्सिपल

कोहलपुर । नेपाल सशस्त्र प्रहरीले कोहलपुरस्थित सशस्त्र प्रहरी बल विद्यालय कोहलपुरका लागि प्राचार्यका लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्र कार्यालयका अनुसार स्नातकोत्तर उत्तीर्ण भएका माध्यमिक तहको शिक्षक लाइसेन्स भएका व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।
त्यसका साथै पुलिस रिपोर्टका साथमा ५० वर्ष भन्दा कम उमेरका उम्मेदवारले सूचना प्रकाशन भएको एक महिनाभित्र दरखास्त दिन सकिने पनि सशस्त्रले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
सूचनाः