

लहानका सामूदायिक विद्यालयमा विद्यार्थी बढे, नगरपालिकाले दियो ११८ थान डेक्स बेन्च

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले विभिन्न विद्यालयहरुलाई फर्निचर हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय नगरभित्रका विभिन्न सामूदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढ्दै गएको जनाउँदै उनले विभिन्न १२ विद्यालयहरुलाई ११८ थान डेक्स बेन्च उपलब्ध गराएको बताए ।
उनले विद्यार्थीहरुको स्तर हेरेर केही साना र ठूलो बेन्च डेक्सहरु उपलब्ध गराएको बताए । उनले पछिल्लो समय नगरपालिकाको शिक्षा नीतिका कारण सामूदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्दै गएकोमा आफ्नो कार्यबाट सन्तुष्ट रहेको समेत उल्लेख गरे ।
उनले आगामी दिनमा पनि विद्यालयको पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।