डा. प्रसन्ना भेटिइन् घरमै झुन्डिएको अवस्थामा, किन लिइन् उनले यस्तो निर्णय ?



धनगढी । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

उनको निधनप्रति अस्पतालले लेखेको छ,

यस माया मेट्रो हस्पिटलमा कार्यरत कर्मचारी डा. प्रासन्ना शाह (PT) कलिलो उमेरमा स्वोर्गारोहण हुनु भएको खबरले हामि माया मेट्रो अस्पताल परिवार स्थप्द भएका छौ, वहाको दिबाङ्गत आत्मा को चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ र साथै शोकको घडीमा शोक सन्तप्त परिवार जनमा भगवानले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदेना ब्यक्त गर्दछौ !
माया मेट्रो हस्पिटल प्रा लि परिवार
धनगढि -३ चटकपुर कैलालि