

मध्यविन्दु कांग्रेसद्वारा निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

नवलपुर । नेपाली कांग्रेस मध्यविन्दु नगर कार्य समितिले आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
नेपालकै मध्यभागमा रहेको मध्यविन्दु नगरपालिकाले निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको हो ।
गत स्थानीय तह निर्वाचन पनि नेपाली कांग्रेसका प्रमुखले जित हात पारेको मध्यविन्दु नगरपालिकालाई नमूना नगर बनाउने लक्ष्यसहित युवा नेता सूर्य गुरुङको नेतृत्वमा निर्वाचनमा होमिएको छ ।
यसपटक मध्यविन्दु नगरपालिकामा नेपाली कांग्रेसबाट क्षेत्रीय सहअध्यक्ष सूर्य गुरुङ नगर प्रमुखमा र टीकाकुमारी महतोले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।