शिक्षाको विकासबिना नगरको उन्नती हुँदैनः मेयर चौधरी



सिरहा । नेपाल शिक्षक संघ लहान नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । लहान नगरपालिकास्थित पशुपति माविको प्रांगणमा सुरु भएको अधिवेशनको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले शनिबार उद्घाटन गरे ।

उद्घाटनपछि मेयर चौधरीले शिक्षाको विकास गर्नुनै आप्mनो प्रमुख उद्देश्य रहेको बताएका छन् । उनले भने, ‘जबसम्म शिक्षामा विकास गर्न सक्तैनौ तबसम्म नगरको पनि उन्नति हुन सक्दैन ।’ मेयर चोधरीले चुनाव अगाडी घोषणा गरे अनुसार  एक कक्षा  एक शिक्षक,  स्वयम्सेवक शिक्षक,  तलबभत्ताका  बिषयमा कार्यन्वयन  गर्न पनि तयार रहेको बताए।

उनले शिक्षाले नै लहाननगरको सुन्दर, समुन्नत शहर परिकल्पना गर्न सक्ने आधार रहेको समेत बताए। शिक्षकको मागअनुसार सबै माग पुरा गरे पनि शिक्षामा सन्तोषजनक सुधार नभएको दुखेसो पनि उक्त अवसरमा उनले पोखेका थिए।

नगरपालिकाभित्र रहेको बिकृतिप्रति सजग गराउँदै अभिभाबकले नै चिट चोराएर पास गराउने परिपाटीको अन्त्य गर्न आफु प्रतिबद्द रहेको सोही अवसरमा बताएका छन् ।

शिक्षामा परिवर्तन का लागि हामी सबैसँग हातेमालो  गरी अगाडी बढ्न तयार रहेका छौं र परिवर्तन पनि सम्भब हुने भन्दै अधिवेशनको पूर्ण सफलताको शुभकामना दिए।