

उपप्रमुख रानालाई किसान महासंघ पैँयूँ गाउँपालिका कमिटिको ज्ञापनपत्र

पैँयूँ । अखिल नेपाल किसान महासंघको पैयूँ गाउँपालिका कमिटिले केन्द्रिय निर्णय अनुसार पर्वतको पैयूँ गाउँपालिकाकी उपप्रमुख याम कुमारी रानालाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मित्रलाल वस्याल र किसान महासंघ पैयूँ गाउँपालिका कमिटि अध्यक्ष कमला श्रेष्ठ नेतृत्वको टोलीले सोमबार उपप्रमुख रानालाई सो ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख रानाले कृषिप्रधान देशमा कृषि र किसानको अवस्थाबारे स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताउँदै कृषि र कृषकको अवस्था सुदृढ नभएसम्म मुलुकको समृद्विको सपना पुरा हुन नसक्ने बताईन् ।
रानाले कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउने दिन नआएसम्म समृद्विको सपना केवल सपना मात्र हुने बताईन् । कृषी प्रधान देशमा कृषकको आँशुको मूल्यबोध गर्न नसकेसम्म देश विकासको मार्गमा अगाडि बढन नसक्ने तर्क उपप्रमुख रानाले राखेकी थिईन् ।
किसान महासंघ पैयूँ पालिका कमिटिले राखेका मागका सम्बन्धमा पालिकाले गम्भिरतापूर्वक बहस चलाउने प्रतिवद्वता व्यक्त गर्दै किसानको पक्षमा काम गर्ने वातावरण सिर्जना गर्न आफु लागिपर्ने बताएकी थिईन् ।
देशैभरका ७५३ वटै पालिकामा किसानहरूका समस्या र किसान आन्दोलनका २२ बुँदे माग प्रस्तुत गर्ने सन्दर्भमा महासंघका केन्द्रिय सदस्य मित्रलाल बस्याल र पैयुँ गाउँपालिका कमिटी अध्यक्ष कमला श्रेष्ठसहितको प्रतिनिधीमण्डले पैयुँ गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्रका साथमा पुगेको थियो ।