गण्डकीमा ७ हजार २ सय २८ जनामा कोरोना संक्रमण



कास्की । गण्डकी प्रदेशमा शुक्रबार मात्रै १८१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी १८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका १ सय २१ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । त्यस्तै तनहुँका विभिन्न गाउँपालिकामा १७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पूर्वी नवलपरासीका २२ जनामा संक्रमण देखिएको छ । त्यस्तै पर्वत ४ लमजुङ ८, बाग्लुङ १, स्याङ्जा ५, म्याग्दी १, गोरखाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म ८७ हजार ७ सय ९५ जनाको कोरोना परिक्षण गरिएकोमा ७ हजार २ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये ४ हजार १ सय ४६ जना कोरोना मुक्त भइसकेको तथ्यांक छ ।

गण्डकी प्रदेशमा हालसम्म ७३ जनाको मृत्यु भएको पनि निर्देशनालयले जनाएको छ ।