

देशभर थप ५५४ मा कोरोना संक्रमण

काठमाडाैं । देशभर नयाँ संक्रमितको संख्या ५५४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ५५४ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १२३०९ जना संक्रमित पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँने कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त कुरा बताएका हुन् ।
गाैतमका अनुसार गत २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
गाैतमले चितवनमा कैलालीका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको बताउँदै यससँग २८ जनाको मृत्यु भएको बताए ।