

गण्डकीमा कोरोनाबाट थप १५ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बागलुङका चार, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका दुईरदुई तथा स्याङजा, गुल्मी र पर्वतका एकरएक जना संक्रमितको मृत्यु भएको हो ।
उनका अनुसार बागलुङको ताराखोला गाउँपालिका–७ का ५४ वर्षीय पुरुष, ताराखोला–१ का २९ वर्षीय पुरुष, गल्कोट नगरपालिका–१ ७८ वर्षीय पुरुष र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । ५४ र २९ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो भने ७८ र ७९ वर्षीय पुरुषको मंगलबा मृत्यु भएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–४ की ८५ वर्षीया महिला र घरपजोङ गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ का ७२ वर्षीय पुरुषको आइतबार र पोखरा महानगरपालिका–१३ का ४६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको उनले बताए ।
यसैगरी नवलपरासी पूर्वको विनयी-त्रिवेणी गाउँपालिका–२ की ४४ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो भने कावासोती नगरपालिका–११ का ४२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
यसैगरी तनहुँको देवघाट–५ की ६८ वर्षीया महिलाको सोमबार र व्यास नगरपालिका–३ की ६० वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।
स्याङजाको वालिङ नगरपालिका–९ की ७२ वर्षीया महिला, गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका–४ का २८ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।