पसल बिहान २ घन्टामात्र खोल्न पाइने गरी कडाईका साथ उपत्यकामा थपियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ ।

उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरी थप कडाई गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।

निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *