

घुम्तीमा नआउ है… का सर्जक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज (बिहिबार) निधन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।
सिन्धुपाल्चोकको चाैतारामा जन्मिएका ८२ वर्षीय प्रधानका घुम्तीमा नआउ है…, तिमीलाई अचेल कहाँ देखुँ.., गोरेँटो यो गाउँको…, पर लैजाउ फुलहरु… जस्ता चर्चित गीतहरु रहेका छन् ।