पछिल्लो २४ घन्टामा १९९३ जना कोरोनामुक्त, १२ हजार १ सय ५१ को रिपोर्ट ‘नेगेटिभ’



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १९९३ जना कोरोनामुक्त भई घर फर्केका छन् । पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या बढ्दै जाने क्रम बढेसँगै कोरोनमुक्त हुनेको संख्या पनि बढ्दै जान थालेको छ ।

यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना पुगेका छन् ।

नेपालमा हालसम्म जम्मा ३ लाख ५९ हजार ६ सय १० जनामा कोरोना पुष्टी भएको छ । त्यस्तै ३ हजार ४ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म २५ लाख ५८ हजार ५१ जनाको पीसीआर परिक्षण गरिएको छ । हालसम्म नेपालमा ८०.६ प्रतिशतलाई कोरोना निको भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिलेको अवस्थामा अस्पताल र होम आईसोलेसनमा रहेका संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेका छन भने ३ सय ८१ क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ७ सय ६५ जनाको पीसीआर परिक्षण गरिएकोमा ८ हजार ६ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी १२ हजार १ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ६ सय १६ एन्टीजेन परिक्षण गरिएकोमा ५६२ जनामा एन्टीजेन देखिएको छैन भने जम्मा ५४ जनामा एन्टीजेन पोजेटिभ देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५८ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।