

३५१७ थपिएसँगै हालसम्म १लाख ६८ हजार २ सय ३५ संक्रमित पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । आज संक्रमित मध्ये १३६१ महिला छन् भने बाँकी २१५६ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती मध्ये बाग्मती प्रदेशमा मात्र २२६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १४९८९ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ४०९६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ ।