

नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण, ३३३६ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०।६ प्रतिशत हो ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४७ पुगेको छ ।