बौंदीकालीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण



बौंदीकाली – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय बौंदीकालीले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा आयोजित प्रमाणपत्र प्रदान कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर दौल्यालले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रकाश ओझा, उपाध्यक्ष डिलकुमार सारुलगायत ६ वटै वडाका वडाध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

बौंदीकाली गाउँपालिकामा यस स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित चार वडा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए भने २ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका थिए ।